स्याङ्जाको शुभलक्ष्मी सहकारीद्वारा बिद्यार्थीलाई न्यानो पोशाक वितरण

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 30, 2024 | 07:23:02 PM मा प्रकाशित

laxmi  sunrise bank

स्याङ्जाको प्रतिष्ठित सहकारी शुभलक्ष्मी सहकारीले दहथुम माध्यमिक विद्यालयमा अध्ययरत विद्यार्थीहरूलाई न्यानो पोशाक वितरण गरेको छ। भीरकोट नगरपालिकाको केन्द्र बयरघारीमा रहेको सहकारीले विद्यालयको ७२ औं वार्षिकोत्सवको अवसरमा विद्यार्थीहरूलाई न्यानो पोशाक वितरण गरेको संस्थाका प्रबन्धक लेख बहादुर के.सी. (किरण)ले जानकारी दिए। 

शुभलक्ष्मी बचत तथा ऋण सहकारी संस्था लिमिटेडका  अध्यक्ष भक्त बहादुर केसीको हातबाट  संस्थाको सामाजिक उत्तरदायित्व अन्तरगत विद्यालयमा अध्ययनरत २० जना जेहन्दार विद्यार्थीहरूलाई एक एक सेट न्यानो ट्रयाकसुट वितरण भएको हो। पोशाक वितरण कार्यक्रममा सहकारीका संचालक समितिका सदस्यहरूको समेत उपस्थिती रहेको थियो।

सो कार्यक्रममा संस्थाको तर्फबाट बोल्दै शुभलक्ष्मी सहकारी संस्थाका अध्यक्ष केसीले संस्थाले  सदस्य र समुदायको आर्थिक,सामाजिक,सांस्कृतिक उन्नयन र प्रगतीको लागि काम गरिरहेका जानकारी दिए। संस्थाले हरेक वर्ष सामाजिक उत्तरदायित्वका कार्यक्रमहरू गर्दै आएको बताउँदै उनले  हरेक वर्ष फरकफरक विद्यालयमा न्यानो पोशाक वितरण लगायतका कार्यहरू गर्दै आएको जानकारी दिए।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved