नेपाल बैंक नेपाल राष्ट्र बैंकले तोकेको चुक्ता पुंजी ८ अर्ब पुर्याउने दोस्रो बाणिज्य बैंक बनेको छ। नेपाल राष्ट्र बैंकले तोकेको चुक्ता पुंजी ८ अर्ब समयमै पुर्याउन बैंक सफल बन्दै हाल आठ अर्ब दुई करोड पुगेको बैंकले जनाएको छ।
केही अवधि राष्ट्र बैकको व्यवस्थापनअन्तर्गत सञ्चालित भई दुई वर्षयता खुल्ला प्रतिस्पर्धाबाट नियुक्त प्रमुख कार्यकारी अधिकृत देवेन्द्रप्रताप शाहको नेतृत्वमा चलिरहेको यस बैंकमा सरकारको ६२.५५ प्रतिशत स्वामित्व छ ।
दुई वर्षयता खुल्ला प्रतिस्पर्धाबाट नियुक्त प्रमुख कार्यकारी अधिकृत देवेन्द्रप्रताप शाहको नेतृत्वमा चलिरहेको यस बैंकको चुक्ता पुँजी हाल आठ अर्ब दुई करोड पुगेको छ। पुरानो कर्जा असुली, सम्पत्ति बिक्रीलगायतबाट नियामक निकायद्वारा निर्धारित न्यूनतम सीमाभन्दा केही बढी चुक्ता पुँजी पुर्याउन बैंक सफल भएको हो ।
हाल बैंकले देशभरका १३१ शाखा मार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ। बैंकले आगामी आर्थिक बर्षको पहिलो चरणमा २५ शाखाबाट स्मार्ट बैङ्किङ सेवा आरम्भ गर्ने जनाएको छ ।