जनता बैंकले बाढी पहिरोबाट प्रभावितहरुलाई आर्थीक सहयोग गर्ने भएको छ। गत महिना भएको अविरल बर्षाका कारण घर प्रभावितहरुलाई सहयोग गर्न जनता बैंकले प्रधानमन्त्रि दैवि विपत्ति राहत कोषलाई २५ लाख उपलब्ध गराउने भएको छ।
बैंकका कर्मचारीहरुले आ-आफ्नो एक दिनको पारिश्रमिक र बैंकका संचालकहरुले जनही १० हजार तथा बैंकको तर्फबाट गरी जम्मा भएको २५ लाख रुपैयाँ एकमुष्ठ प्रधानमन्त्रि दैवि विपत्ति राहत कोषमा सहयोग उपलब्ध गराउने भएको छ। प्रधानमन्त्री कार्यालयसंगको समन्वयमा उक्त रकम हस्तान्तरण गरिने जनता बैंकले जनाएको छ।
बाढी पहिरोबाट सृजित यस बिषम परीस्थितिमा आफ्नो यो सानो सहयोगले बाढी प्रभावितलाई केहि भएपनि राहत मिल्ने र राहत कार्यमा सघाउ पुग्ने जनता बैंकको बिश्वाश छ।
जनता बैंकले न्युज २४ संगको सहकार्यमा बाढी पहिरो प्रभावितलाई राहत संकलन तथा वितरण कार्य समेत गर्दै आएको छ।
यो पनि: