एनएमबी बैंकले ‘बैंक अफ दी इयर’को उपाधि पाएको छ । बेलायतको फाइनान्सियल टाइम्सले हरेक वर्ष प्रदान गर्ने यो उपाधि यस वर्ष (२०१७) एनएमबी बैंकले पाएको हो ।
यसपटक यो उपाधीको लागि १ सय ४१ देशबाट बैंकहरुको सहभागिता रहेको थियो । बैंकको वित्तीय अवस्था र वित्तयि विवरणबाट देखिने वित्तीय जोखिम न्युनिकरण क्षमताको आधारमा मात्र नभई वित्तीय समावेशीकरण, मल्टि च्यानल बैंकिङ लगायतको आधारमा समेत उपाधी दिइएको हो ।
यसअघि नेपाल इन्भेष्टमेन्ट बैंक, स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल, एनआइसी एशिया बैंक, ग्लोबल आइएमई बैंकले पनि यो उपाधी पाइसकेको छ