महालक्ष्मी बिकास बैंकले दार्चुलाको गोकुलेश्वरमा शाखा सञ्चालनमा ल्याएको छ। दार्चुलाको गोकुलेश्वरमा शाखा सञ्चालनमा आए पश्चात बैँकको शाखा संख्या ७० पुगेको छ।
सुदुरपश्चिमको दुर्गम जिल्लाहरुमा समेत बैँकिङ्ग पहुँच पुराइसकेको बैँकले हाल ७० शाखा कार्यलय ३५ एटिएम मार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ।विकास बैँकहरुमा सबैभन्दा बढी चुक्ता पुँजी भएको महालक्ष्मीले कात्तिक मसान्तसम्म २५ अर्ब ४३ करोड निक्षेप संकलन गरी २० अर्ब १२ करोड कर्जा प्रवाह गरेको छ।