राष्ट्र बैंकले बैंक वित्तीय संस्थाको मुद्दती निक्षेपमा लगानी गर्ने, माग्यो रकम र ब्याजदरको प्रस्ताब

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Dec 31, 2017 | 05:45:20 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामा मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ। एक बर्षका लागि बैंक वित्तीय संस्थाको मुद्दती निक्षेपमा २ अर्ब ३१ करोड ७६ लाख राख्ने जानकारी गराउदै राष्ट्र बैंकले त्यसका लागि उनीहरुले चाहेको रकम र प्रस्तावित व्याजदर माग गरेको छ। 

राष्ट्र बैंकले २०७४ माघ २ गते देखि २०७५ माघ १ गतेसम्म १ वर्षे मुद्दती निक्षेपमा लगानी गने जनाएको छ । यसका लागि बैंक वित्तीय संस्थाले आफुले लिन चाहेको रकम र प्रस्तावित व्याजदरसहित यही पुष १९ गते दिउँसो ३ बजेसम्म राष्ट्र बैंकको वित्त व्यवस्थापन विभागमा आवेदन दिन सक्नेछन। 


राष्ट्र बैंकले क बर्गका बैंकहरुको मुद्दती खातामा १ अर्ब ८५ करोड ४१ लाख, ख वर्गका बैंकहरुमा ३४ करोड ७६ लाख र ग वर्गका वित्तीय संस्थाहरुमा ११ करोड ५९ लाख रुपैयाँ राष्ट्र बैंकले निक्षेप जम्मा गर्ने जनाएको छ।       

राष्ट्र बैंकले मुद्दती खातामा राख्न चाहेको रकम लिनका लागि बैंक वित्तीय संस्थालाई ११ बुंदे सर्त राखिएको छ। राष्ट्र बैंकले राखेको सर्तमा सञ्चालनमा आएको कम्तिमा २ वर्ष पुरा भएको, बैंकबाट तोकिएको न्यूनतम पूँजीकोष कायम रहेको, निष्कृय कर्जा कुल कर्जा सापटको ५ प्रतिशत भन्दा कम भएको लगायतका छन।  


Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved