ज्योति विकास बैंक र गुराँस लाइफ इन्स्योरेन्स कम्पनिबीच बैंकासुरेंस सम्झौता भएको छ। यस सम्बन्धि सम्झौतापत्रमा बैंकका तर्फबाट कामु प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवाली र इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायण कुमार भट्टराईले हस्ताक्षर गरेका छन।
त्यस्तै ज्योति विकास बैंकले एशियन लाइफ इन्स्योरेन्ससंग समेत बैंकासुरेंस सम्झौता गरेको छ। यस सम्बन्धि सम्झौता पत्रमा बैकका तर्फबाट कामु सीईओ ज्ञवाली र इन्योरेंसका सीईओ राजेश कुमार श्रेष्ठले हस्ताक्षर गरेका छन।
सम्झौता अनुसार ज्योति विकास बैंकको केन्द्रीय कार्यालय तथा देशभर रहेका शाखा कार्यालय मार्फत गुराँस र एशियन लाइफ इन्स्योरेन्सको जीवन बीमा योजनाहरुमा ग्राहकहरु सहभागी हुन पाउनेछन।
बैंकले दुवै इन्स्योरेन्स कम्पनिका जीवन विमा योजना विक्री गर्ने एवं अभिकर्ता तथा बीमीतहरुलाई छिटो, छरितो एवं भरपर्दो सेवा पुर्याउने उद्देश्येले बैंकासुरेन्स सम्झौता गरेको जनाएको छ। बैंकका ग्राहकहरुले बैंकको कुनैपनि शाखाबाट उक्त इन्स्योरेन्स कम्पनीको जीवन बीमा सम्बन्धि सम्पूर्ण सेवा सहज रुपले लिन सक्नेछन् ।
हाल ज्योति बिकास बैंकले ५० वटा शाखा एवं १४ वटा एटिएम मार्फत सेवा उपलव्ध गराउँदै आएको छ । निकट भविष्यमा नै १० वटा नयाँ शाखा संचालनमा ल्याउने बैंकको लक्ष्य छ । हालसम्म बैंकले करिब १ लाख ५० हजार भन्दा बढि ग्राहकहरुलाई बैंकिङ्ग सेवा उपलव्ध गराउँदै आएको छ ।