सुमन शर्माले सम्हाले माछापुच्छ्रे बैंकको व्यवस्थापकीय नेतृत्त्व

निरोज कुमार थापा

निरोज कुमार थापा

Jun 11, 2018 | 04:05:16 PM मा प्रकाशित

laxmi  sunrise bank

केही समयअघि नै माछापुछ्रे बैकको प्रमुख कार्यकारी अधिकृत नियुक्त भएका सुमन शर्माले सोमबार (२०७४,जेठ २८) बाट बैंकको नेतृत्त्व सम्हालेका छन। 

शर्माले माछापुछ्रे बैंकमा यस अघि तीन वर्ष नायव प्रमुख कार्यकारी अधिकृतको रुपमा काम गरिसकेका छन् । नेपाल एसबिआई बैंकबाट बैंकिङ करियर सुरु गरेका शर्माले माछापुछ्रेको नेतृत्त्व सम्हाल्नु अघि ग्लोबल आइएमई बैंकको डेपुटी प्रमुख कार्यकारी अधिकृत थिए। 

शर्मा एनएमबि बैंक र माछापुच्छ्रे बैंक हुँदै नायव प्रमुख कार्यकारी अधिकृतको रुपमा ग्लोबल आइएमई बैंकमा प्रवेश गरेका थिए। उनीसंग २१ बर्षको बैंकिङ अनुभव छ।     

शर्माले नेदरल्याण्डबाट वित्त तथा लेखा विषयमा स्नातकोत्तर तथा भौतिकशास्त्र र अर्थशास्त्रमा समेत स्नातकोत्तर गरेका छन्। शर्मा महेन्द्र विद्याभुषण (२०५४), महेन्द्र विद्याभुषण (२०६२), तारापद चौधरी पदक जस्ता पदकबाट सम्मानित भएका उनी बैंकिङ क्षेत्रका विज्ञ मानिन्छन् । 


Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved