निर्धन उत्थान बैंक लिमिटेडले र
बिश्व बैंकको सदस्य इन्टरनेश्नल फाइनान्स कर्पोरेशनबीच कर्जाको लागि संझौता भएको छ
। निर्धन उत्थान बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत जनार्दन देव पन्त र
क्ष्लइन्टरनेश्नल फाइनान्स कर्पोरेशनका नेपालका लागि रेसिडेन्ट प्रतिनिधि मोहम्मद
रेहन रसिद बीच हस्ताक्षर गरी संझौता भएको हो । यस संझौता नेपाल राष्ट्र बैंकबाट
अनुमोदन भएपश्चात इन्टरनेश्नल
फाइनान्स कर्पोरेशनले निर्धन उत्थान बैंक लिमिटेडलाई एक अरब रुपैयाँ कर्जा प्रदान
गर्ने छ ।
निर्धन उत्थान बैंक
लिमिटेड देशको ७ वटै प्रदेशका ७७ वटै जिल्लाहरुको शाखा संञ्जाल रहेको नेपालको एक
मात्र देशको सबै जिल्लामा पुगेको राष्ट्रिय स्तरको लघुवित्त संस्था हो । बैंकले
ग्राहक सदस्यहरुको आर्थिक, सामाजिक विकासको लागि
विभिन्न प्रकारका तालिमहरु समेत प्रदान गर्दै आई रहेको छ
बैंकले देशको ७ वटै
प्रदेशका देशको ७७ वटा जिल्लाहरुमा बैंकले १७९ वटा शाखा कार्यालय, १० वटा क्षेत्रीय कार्यालय, केन्द्रीय कार्यालय गरी १९० वटा कार्यालयहरुको
विशाल संजाल बनाएको छ ।