पैसाको नोटमा केर्दा कारबारही हुने भएको छ । पैसाको नोटमा केरमेर गरे वा काम नलाग्ने गरी च्यातेमा र सिक्का पैसालाई अधिकार प्राप्त अधिकारीको रोहबर बिना जलाए वा गालेमा कारबाही हुने भएको हो । राष्ट्र बैंकले सार्वजनिक सूचना जारी गर्दै नोटमा केर्ने, काम नलाग्ने गरी च्यात्ने वा सिक्कालाई जलाउने वा गाल्ने गरेमा कारबाही हुने जनाएको छ ।
नोटमा केरे, सिक्का गाले वा काम नलाग्ने गरी च्यातेमा तीन महिनासम्म जेल सजाय र ५ हजारसम्म जरिवाना हुनेछ । यो नियम भदौ १ गतेबाट लागू हुने राष्ट्र बैंकले जनाएको छ ।