एनआईसी एशियाको सत्रौं शाखारहित बैंकिङ्ग सेवा गुल्मीको ठूलोपोखरामा

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Aug 09, 2018 | 06:29:16 PM मा प्रकाशित

laxmi  sunrise bank

एन आई सी एशिया बैंकले गुल्मीमा आफ्नो सत्रौं शाखारहित बैंकिङ्ग सेवा सुचारु गरेको छ ।  बैंकले गुल्मीको गुल्मीदरबार गाउँपालिकाको ठूलोपोखरामा  शाखारहित बैंकिङ्ग सेवा संचालनमा ल्याएको हो । 

उक्त बैंकिङ्ग सेवाको उद्घाटन गुल्मीदरबार गाउँपालिका वडा नं. ७ का वडा अध्यक्ष  हिरा बहादुर खत्रीले गरेका हुन्  । बैंकले त्यस शाखारहित बैंकिङ्ग सेवाका प्रतिनिधिको रुपमा खुमलाल अर्याललाई नियुक्त गरेको छ । 

शाखारहित बैंकिङ्ग सेवाबाट ग्राहकले विभिन्न निक्षेप खाता खोल्ने, तोकिएको सीमासम्मको रकम जम्मा गर्ने तथा झिक्ने, मोवाईल रिचार्ज गर्ने, उपयोगी सेवा (जस्तैः टेलिफोन, मोबाईल, एडिएसएल, डिस होम) को महसुल भुक्तानी गर्ने, स्वीकृत सिमा भित्र रहि कर्जा कारोबार गर्ने, कर्जाको साँवा तथा व्याज भुक्तानी गर्न सक्ने, खातामा रहेको रकमको जानकारी र संक्षिप्त बैंक स्टेटमेन्ट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।

बैंकले २३६ शाखा कार्यालयहरु, २२९ एटिएम, १४ वटा एक्स्टेन्सन काउण्टर एवं १७ वटा शाखारहित बैंकिङ्ग मार्फत बैंकिङ्ग सेवा प्रदान गरिरहेको छ। 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved