मेगा बैंकले काठमाडौंको कीर्तिपुर, टोखा र रामकोटमा शाखारहित बैंकिङ सेवा सुरु गरेको छ । कीर्तिपुर नगरपालिकाको चम्पादेवी, टोखा नगरपालिकाको झोर र नागार्जुन नगरपालिकाको रामकोटमा बैंकले शाखारहित बैंकिङ सेवा सुरु गरेको हो ।
चम्पादेवीमा कीर्तिपुर नगरपालिकाका मेयर रमेश महर्जन र बैंकका शाखारहित बैकिङ्ग सेवाका ईन्चार्ज डम्बरबहादुर श्रेष्ठ र रामकोटमा नागार्जन नगरपालिकाका मेयर मोहनकुमार बस्नेतले सेवाको सुरुवात गरे । टोखाको झोरमा टोखा नगरपालिका १ का वडा अध्यक्ष श्रीकृष्ण अधिकारीले सेवाको सुरुवात गरे ।
मेगा बैंकका हाल १ सय १९ वटा शाखारहित बैकिङ्ग सेवा छन् ।