प्रभु बैंक र काठमाण्डौ, त्रिपुरेवश्वरस्थित नेपाल आँखा अस्पतालबीच आँखा शिविर सञ्चालन गर्ने सम्झौता भएको छ । सम्झौतामा बैंकको तर्पmबाट प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन र आँखा अस्पतालको तर्पmबाट प्रमुख कार्यकारी अधिकृत दमनबहादुर घलेल हस्ताक्षर गरे ।
शिविर आगमी २०७५ चैत्र मसान्तभित्र सम्पन्न गरिसकिने बताईएको छ । शिविरमा सहभागिता जनाइ सम्बन्धित क्षेत्रका सर्वसाधारणहरुले आँखाजाँच गराउनुका साथै, आँखाका जटिल विरामीहरुले पनि उपचार गराउन सक्नेछन् । पहिलो चरणमा काठमाण्डौ, ललितपुर, काभे्र र धादिङ्गमा सञ्चालन हुनेछ ।