ज्योति विकास बैंकले सल्यानको कपुरकोटमा नयाँ शाखा संचालनमा ल्याएको छ । कपुरकोट गाउँपालिकाका अध्यक्ष भिम बहादुर सेन र बैंकका अध्यक्ष हरि चन्द्र खड्काले उक्त शाखाको संयुक्त रुपमा उद्घाटन गरे ।
बैंकले हाल ८० वटा शाखा, २२ वटा एटिएम मार्फत सेवा प्रदान गर्दै आएको छ ।