टियुको पत्रकारिता विभागको प्रमुखमा प्रा. पोखरेल नियुक्त

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 08, 2024 | 09:58:38 AM मा प्रकाशित

laxmi  sunrise bank

त्रिभुवन विश्वविद्यालय (टियु)को पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागको प्रमुखमा प्रा. प्रवलराज पोखरेल नियुक्त भएका छन् । यही वैशाख २३ गतेदेखि लागु हुने गरी तीन महिनाका लागि विभागीय प्रमुखमा उनलाई नियुक्त गरेको विश्वविद्यालयले जनाएको छ

यसअघिका विभागका प्रमुख प्रा. चिरञ्जीवी खनालले दिएको राजीनामा स्वीकृत भएसँगै विश्वविद्यालयको उपकुलपति प्रा. डा. केशरजंग बरालले पोखरेललाई नियुक्त गरेका हुन् । सोह्र वर्षअघि पनि सोही विभागको प्रमुख भएका प्रा. पोखरेल लामो समयदेखि पत्रकारिता अध्यापनमा सक्रिय रहेका छन् ।

विभागीय प्रमुखमा नियुक्त भएपछि प्राध्यापक पोखरेलले राज्यको चौथो अङ्ग मानिने पत्रकारिता क्षेत्रको प्रवर्धन, प्राज्ञिक उन्नयन र अध्ययन अनुसन्धानका साथै प्राविधिक तथा मानवीय श्रोत, साधनमा राज्यको लगानी वृद्धि हुनुपर्नेमा जोड दिएका छन् ।

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved