एनआईसी एशिया बैंक NIC Asia Bank Limited र द्वारिकाज होटलबीच सहकार्य गर्ने सम्झौता भएको छ । सम्झौतामा बैंकको तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार राठी र द्वारिकाज ग्रुपको तर्फबाट इन्टरनेशनल मार्केटिङ्ग एण्ड कम्युनिकेशन म्यानेजर सुनिता गुरुङले हस्ताक्षर गरेका छन् ।
सम्झौता अनुसार बैंकका ग्राहकले द्वारिकाज ग्रुप अन्तर्गत संचालित रेस्टुरेन्टमा १५ प्रतिशत सम्म छुट पाउने छन् । बैंकका डेविट एवं क्रेडिट कार्ड प्रयोगकर्ताहरुलाई बत्तिसपुतलीस्थित द्वारिकाज होटलका तोरण रेष्टुरेण्ट, फ्युजन बार, मोकोज जापानिज रेष्टुरेण्ट, द्वारिकाज ग्रुपकै गार्डन अफ ड्रिम्सस्थित केइजर क्याफे, पाटन संग्रहालयस्थित पाटन म्युजियम क्याफेमा १० प्रतिशत सम्म छुट पाउने छन् । त्यस्तै बत्तिसपुतलीस्थित कृष्णार्पण रेष्टुरेण्टमा १५ प्रतिशत सम्म छुट पाउने छन् ।
बैंकले ३१० शाखा , ४०१ एटिएम, ९३ वटा एक्स्टेन्सन काउण्टर एवं ४४ वटा शाखारहित बैंकिङ्ग मार्फत सेवा प्रदान गर्दै आएको छ ।