सिभिल बैंकले मन्दिरमा आउने भक्तजनलाई मास्क र स्यानीटाईजर वितरण गर्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 11, 2021 | 12:01:11 PM मा प्रकाशित

laxmi  sunrise bank

सिभिल बैंक Civil Bank Limited ले यस वर्षको दशैँको अवसरमा “सुरक्षित दशैँ मनाऔं” भन्ने नाराका साथ आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वको कार्यक्रम ल्याएको छ । 

वडा दशैंको नवौ दिन अर्थात नवमीमा भक्तजनहरुको मन्दिरहरुमा बाक्लो घुइँचो लाग्ने हुँदा कोरोना संक्रमणको जोखिम बढी हुने संभावनालाई मध्यनजर गर्र्दैै बैंकले काठमाण्डांैको तलेजु भवानी, काल भैरब, नरदेवी तथा कन्केश्वरी अजीमा देवीको मन्दिर परिसरमा फेसमास्क तथा स्यानीटाईजर वितरण गर्ने भएको हो ।

यसले वडा दशैंमा श्रद्धालु भक्तजनमाझ कोरोना संक्रमणको जोखिमलाई न्यूनीकरण गर्न सघाउ पुर्याउने सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल पोखरेलले बताएका छन् ।  


Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved