भाषाविदको खोजीमा राष्ट्र बैंक, के के चाहिन्छ योग्यता ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 07, 2022 | 05:11:02 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकले भाषाविद (सम्पादक) हरुलाई सुचिकृत हुन आउँन आग्रह गरेको छ। राष्ट्र बैंकले नेपाल राष्ट्र बैंक प्रकाशन निर्देशिका, २०७९ बमोजिम भाषाविद (सम्पादक) हरुको सूची तयार गर्न लागेको हो ।

राष्ट्र बैंकले योग्य तथा इच्छुकहरुलाई भदौ १० भित्र [email protected] मा ईमेल पठाउनु  अनुरोध गरेको छ। राष्ट्र बैंकले नेपाली भाषाविदको लागि नेपाली भाषा मुख्य विषय लिई कम्तीमा स्नातकोत्तर उपाधि हासिल गरी पाँच वर्ष वा सोभन्दा बढी कार्य अनुभव भएको हुनु पर्ने उल्लेख गरेको छ । त्यस्तै अंग्रेजी भाषाविदको लागि अंग्रेजी भाषा मुख्य विषय लिई कम्तीमा स्नातकोत्तर उपाधि हासिल गरी पाँच वर्ष वा सोभन्दा बढी कार्य अनुभव भएको हुनु पर्ने उल्लेख गरेको छ ।

राष्ट बैंकले नेपाली भाषाविदको लागि नेपाली विषयमा विद्यावारिधि उपाधि हासिल गरेको र अंग्रेजी भाषाविदको लागि अंग्रेजी विषयमा विद्यावारिधि उपाधि हासिल गरेकोलाई प्राथमिकता दिने जनाएको छ । त्यस्तै अर्थशास्त्र, बैकिङ्ग, वित्त वा व्यवस्थापन विषयमा स्नातक उपाधि हासिल गरेको र सम्बन्धित भाषा विज्ञ (सम्पादन) को रुपमा कार्य गरेकोलाई प्राथमिकता दिने राष्ट्र बैंकले उल्लेख गरेको छ। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved