
सिभिल बैंकले ग्राहकहरुलाई उपलब्ध गराउने थप सुविधाहरुमा केन्द्रित भएर अझै धेरै साझेदारहरु संग समन्वय गरी आफ्नो ग्राहकवर्गलाई विशेष छुटको व्यवस्था गरेको छ। बैंकले विभिन्न बस्तु वा विभिन्न सेवा उपभोग गरी बैंकको विद्युतिय भुक्तानी प्रणाली “सिभिल स्मार्ट – मोवाइल बैंकिङ्ग एप” अथवा एटियम कार्डको प्रयोग गरी भुक्तानी गर्दा निम्न वमोजिमका आकर्षक छुटहरु पाउने व्यवस्था गरेको हो।
बैंकले हालसम्म यस्ता विभिन्न ६९ साझेदारहरु संग ग्राहकहरुलाई छुट प्रदान गर्ने सम्वन्धमा सम्झौता गरिसकेको जनाएको छ । आगामी दिनहरुमा यसको परिधि बढाई अन्य संघ संस्थाहरुसँग पनि सम्झौता गरिने योजना रहेको बैंकका चिफ विजिनेस डिपोजिट तथा ट्रान्जेक्सन बैंकिंग भोला बहादुर विष्टले बताए ।
बैंकले ११५ शाखा, १३ एक्सटेन्सन काउन्टरहरु र ९९ एटिएम मार्फत सेवा प्रदान गरिरहेको छ । साथै बैंकले गत आषाढ मसान्त सम्म ९६ अर्व भन्दा बढी निक्षेप परिचालन गरी रु. ८७ अर्व भन्दा बढी कर्जा लगानी गरिसकेकोे छ ।
यहाँ क्लिक गरेर छुट पाईने साझेदारको सूची हेर्न सकिन्छ ।