नेपाल एसबिआई बैंक बन्यो युपीआई नेपालको सदस्य

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 09, 2022 | 08:10:50 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल एसबिआई बैंकले गेट वे पेमेन्ट सर्भिस प्रा.लि. संग अन्तरआबद्धता तथा मोबाइल फर्स्ट प्रविधिमा आधारित यूनीफाईड पेमेन्ट इन्टरफेस नेपाल (UPI Nepal ) को नेटवर्क नेपालमा विस्तारगर्न सम्झौता गरेको छ ।

उक्त सम्झौतामा, नेपाल एसबिआई बैंकका नायब प्रमुख कार्यकारी अधिकृत मोहम्मद रिजवान अलम तथा गेट वे पेमेन्ट सर्भिस प्रा.लि. का प्रमुख कार्यकारी अधिकृत राजेश प्रसाद मानन्धरले हस्ताक्षर गरेका छन् । बैकिङ प्रणालीमा प्रविधिको उपयोग गराई नेपाललाई विश्व मापदण्ड अनुरुपको सेवा प्रवाह गराउने विश्वसनीयताका साथ कम्पनीले अझै सुरक्षित र सजिलो राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कारोबार गर्न मिल्ने UPI Nepal प्रणाली सञ्चालनमा ल्याउन सहकार्यले महत्वपूर्ण भुमिका निर्वाह गर्ने बैंकले जनाएको छ ।

बैंकले देशका विभिन्न स्थानमा ९१ शाखा, २१ एक्टेन्सन काउन्टर, ७ प्रादेशिक कार्यालय तथा १ कर्पोरेट अफिसका साथै १२९ एटिएम बाट आफ्नो सेवा प्रदान गर्दै आएको छ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved