सनराइज बैंकद्वारा नवलपरासी किर्तिपुरमा चौतारी निर्माण

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 14, 2022 | 06:20:21 PM मा प्रकाशित

laxmi  sunrise bank

सनराइज बैंकले नवलपरासीको सुनवल वडा नं ०३ स्थित किर्तिपुर–०२ नं मा चौतारीको निर्माण गरेको छ। बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत चौतारी निर्माण गरेको जनाएको छ  ।

 स्थानियहरु विश्राम गर्ने, समाजका विभिन्न छलफल, भेला तथा कार्यक्रमहरु हुने उक्त चौतारीको निर्माणले समाजमा अतुलनिय योगदान पु¥याएको नगर प्रमुख बिमला अर्यालले बताएकी छिन्। संस्थागत उत्तरदायित्व अन्तर्गत विभिन्न कार्यहरु देशका विभिन्न ठाउँहरुमा गरिरहेको बैंकले गाउँ ठाउँको भौतिक संरचना निर्माण गरी समाजलाई सहयोग गर्न पाएकोमा बैंकका नायब महा–प्रबन्धक अपछ कुमार यादवले खुसी व्यक्त गरेका छन्। 

बैंकले हरेक वर्ष आफ्नो नाफाको १% संथागत सामाजिक उत्तरदायित्वमा खर्च गर्दै आएको  र गत वर्ष मात्र पनि १५० भन्दा बढी कार्यक्रहरु गरेको जनाएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved