एनआईसी एशिया बैंकद्वारा दुर्घटना बीमा वापतको ३० लाख रकम प्रदान

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 15, 2022 | 07:39:27 PM मा प्रकाशित

laxmi  sunrise bank

एनआईसी एशिया बैंकले ग्राहकको परिवारहरुलाई सर्वश्रेष्ठ बचत खाता योजना अन्तर्गतको बीमा रकम प्रदान गरेको छ  । बैंकले सर्वश्रेष्ठ बचत खाता योजना अन्तर्गत  बचत खाता खोलेक ३ जना ग्राहकहरुको दुर्घटनामा परि मृत्यु भएकाले मृतक खातावालका परिवारलाई बीमा वापत प्रतिव्यक्ति १० लाखको दरले बीमा रकम भुक्तानी गरेको हो ।

बीमा लाभ प्राप्त गर्नेमा मृतक ग्राहक  शिव प्रसाद सुवेदीको श्रीमती लक्ष्मी ढकाल, मृतक ग्राहक टंक प्रसाद घिमिरेको श्रीमती डिली मै घिमिरे र  मृतक ग्राहक ज्ञान बहादुर चौधरीको श्रीमती अनिता चौधरी रहेको बैंकले जनाएको छ। निज खातावालहरुको हिताधिकारीहरुलाई बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार राठी र सुदुरपश्चिम प्रदेश प्रमुख सुवास जोशीले फरक फरक कार्यक्रमका बिच बीमा रकम बराबरको चेक हस्तान्तरण गरेका हुन्। बैंकले सो बीमा रकम नेपाल इन्स्योरेन्ससँगको सहकार्यमा भुक्तानी गरेको हो ।

बैंकको बचत खातामा उपलब्ध बीमा सुरक्षण योजनाअन्तर्गत हालसम्म देशभरका १४६७ जना भन्दा बढी ग्राहकहरूले घातक रोग बीमा वापत रू. २ करोड ४० लाख, दुर्घटना बीमा वापत रू. ७० लाख र मेडिकल बीमा वापत रू. ३ करोड ३ लाख गरी कुल रू. ६ करोड १३ लाख भन्दा बढी बीमा रकम प्राप्त गरिसकेको बैंकले जनाएको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved