एनएमबि बैंकका ग्राहकलाई बुद्ध एयर र यती एयरमा क्यासब्याक

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 17, 2022 | 05:48:26 PM मा प्रकाशित

laxmi  sunrise bank

 एनएमबि बैंकका ग्राहकले बुद्ध एयर र यती एयरमा क्यासब्याक पाउने भएका छन्  । आउँदो चाड पर्वलाई मध्य नजर गर्दै बैंकले अहिलेबाट नै क्यासब्याक अफर प्रस्तुत गरेको जनाएको छ ।

जस अनुसार एनएमबिका ग्राहकले बुद्ध एयर र यती एयरको एप र वेवबाट एनएमबि बैंकको डेबिट र क्रेडिट कार्ड प्रयोग गरी प्रत्येक टिकट खरिद गर्दा ने.रु. क्रमशः ३५० र ५०० क्यासब्याक पाउने छन्। क्यासब्याक सुबिधाको लागि ग्राहकहरूले आफ्नो एनएमबि कार्डहरूमा ई–कमर्स सक्रिय गर्नु पर्ने र यो सुविधा सिमित अवधिको लागी मात्र उपलब्ध रहने बैंकले जनाएको छ । 

 एनएमबि बैंकले हाल २०१ शाखा, १३८ एटीएमहरू, ११ एक्सटेन्सन काउन्टरहरू मार्फत सेवा प्रदान गर्दै आइरहेका छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved