सानिमा बैंकका ग्राहकलाई दराजमा छुट, क्रेडिटकार्ड प्रयोगकर्तालाई क्यास ब्याक

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 14, 2022 | 04:30:01 PM मा प्रकाशित

laxmi  sunrise bank

सानिमा बैंकले ग्राहकहरुका लागि दराजसँग “दशैं धमाका” योजनामा विशेष छुट दिने सहकार्य गरेको छ । बैंकका अनुसार योजना अवधिभर ग्राहकहरुले सानिमा बैंकको डेबिट तथा क्रेडिट कार्डबाट भुक्तानी गर्दा दराजबाट सामान खरिद गर्दा विशेष छुट प्राप्त गर्न सक्ने छन्।

ग्राहकहरुले डेबिट कार्डबाट भुक्तानी गर्दा १५% वा अधिकतम् रु २,०००÷– सम्मको छुट तथा क्रेडिट कार्डबाट भुक्तानी गर्दा २०% वा अधिकतम् रु २,५००÷– सम्मको छुट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ। बैंकका अनुसार योजना अवधिभर सहभागी हुने ग्राहकहरुलाई “पहिलोलाई प्राथमिकता”को आधारमा छुट प्रदान गरिने छ ।

बैंकका अनुसार छुटका लागि ग्राहकहरूले दराजबाट बैंक भौचर सङ्कलन गर्नुपर्नेछ । यसैगरी क्रेडिट कार्ड प्रयोगकर्ताहरुले शून्य ब्याजदरमा मासिक किस्ताबन्दी ईएमआई सुविधा पनि प्राप्त गर्न सक्नु पर्नेछ। 

बैंकका अनुसार यो योजना २०७९ भाद्र २९ देखि आश्विन ११ गतेसम्म १४ दिनका लागि लागू हुनेछ । साथै, बैंकले क्रेडिट कार्ड प्रयोगकर्ताहरुलाई मासिक किस्ताबन्दी ईएमआई सुविधा लिंदा रु. ५०० को क्यासब्याक पनि प्रदान गर्ने बैंकले जनाएको छ।  क्यासब्याक योजना २०७९ आश्विन १ देखि कार्तिक ३० गतेसम्म लागू हुने बैंकले उल्लेख अग्रेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved