प्रभु बैंकका ग्राहकहरुलाई ठमेलको केशिज रेष्टुरेन्टमा छुट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 25, 2022 | 04:42:17 PM मा प्रकाशित

laxmi sunrise bank

प्रभु बैंकका ग्राहकहरुले ठमेल स्थित केशिज रेष्टुरेन्ट एण्ड बारमा छुट पाउने भएका छन्। प्रभु बैंक र केशिज रेष्टुरेन्ट एण्ड बार प्रा. लिबिच छुट गर्ने सम्झौता भएको हो ।

सम्झौतामा बैंकका तर्फबाट डिजिटल सेल्स् विभागका प्रमुख भेष राज धमला र केशिज रेष्टुरेन्ट एण्ड बार प्रा. लि.का तर्फ बाट प्रोप्राइटर सुबोध शाक्यले हस्ताक्षर गरेका छन् ।  सम्झौता अनुसार प्रभु बैंकमा खाता खोली बैंकिङ्ग कारोबार गरिरहेका ग्राहकहरुले केशिज रेष्टुरेन्ट एण्ड बार प्रा. लि. द्धारा सञ्चालित “फुड” र “वेभरेज” सेवामा १० प्रतिशत छुट प्राप्त गर्ने छन् ।

 सम्झौता अन्तर्गत केशिज रेष्टुरेन्ट एण्ड बार प्रा. लि.मा सुविधा लिन चाहने प्रभु बैंकका ग्राहकहरुले प्रभु बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग च्यानलहरु प्रयोग गरी भुक्तानी गर्दा, केशिज रेष्टुरेन्ट एण्ड बार प्रा. लि.का उल्लेखित सेवाहरुमा आकर्षक छुट प्राप्त हुने व्यवस्था मिलाईएको बैंकले जनाएको छ । 

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved