वार्षिकोत्सवको अवसरमा सनराइज बैंकद्वारा साइकल र्याली र रक्तदान कार्यक्रम

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 26, 2022 | 08:28:21 AM मा प्रकाशित

laxmi  sunrise bank

सनराइज  बैंकले स्थापनाको १५औं वर्ष पूरा गरेको छ । बैंकले १५औं बार्षिक उत्सवको उपलक्ष्यमा विभिन्न कार्यक्रमहरु गर्ने क्रममा आश्विन ८ गते शनिवार साइकल ¥याली गरेको छ ।

'स्वच्छ वातावरण स्वस्थ जिवन' भन्ने नाराको साथ आयोजित उक्त कार्यक्रम गैरिधारा स्थीत सन्राइज बैंकको प्रधान कार्यालयबाट सुरु भई काठमाडौ र ललितपुरका बिभिन्न टोल हुदै पुःन प्रधान कार्यालयमै आएर समापन भएको बैंकले जनाएको छ । बैंकका अनुसार ३५० जना भन्दा बढीको उत्साहपूर्ण सहभागिता रहेको उक्त कार्यक्रमले वातावरण संरक्षण र स्वस्थ रुपमा जीवन बाच्न सन्देश समेल दिएको थियो । यसैगरी बैंकले आश्विन ९ गते आइतवार रक्तदान कार्यक्रम समेत गरेको छ ।

विभिन्न सामाजिक तथा अन्य कार्यक्रमहरु  गरी आफ्नो १५ औं बार्षिक उत्सव मनाइरहेको बैकले ८ लाख भन्दा बढी ग्राहकहरुलाई १३९ वटा शाखा, ९७ वटा शाखा रहित बंैकिङ्ग, १३ वटा एक्सटेन्सन काउन्टर र १५९ वटा एटिएम वाट सेवा प्रदान गर्दै आएको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved