गभर्नर अधिकारी र आरविआईका गभर्नर दासबीच भेटघाट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 13, 2022 | 09:31:33 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी र उनका समकक्षी रिजर्भ बैंक अफ इण्डियाका गभर्नर शक्तिकान्त दासबीच बुधबार अमेरिकाको वाशिङ्गटन डिसीमा छलफल भएको छ ।

विश्व बैंक समूहको विश्व बैंक तथा अन्तर्राष्ट्रिय मुद्रा कोषको वार्षिक बैठकमा भाग लिन अमेरिका पुगेका गभर्नर अधिकारी र दासबीच भेटघाटको अवसरमा दुई देशको मौद्रिक विषय डिजिटाइजेशन, भुक्तानी, ट्रेड सेटलमेन्टस, सार्क फाइनान्स, रेमिटेन्सलगायत विषयमा छलफल भएको नेपाल राष्ट्र बैंकले जनाएको छ।

हाल गभर्नर अधिकारी संयुक्त राज्य अमेरिकाको वासिङ्टन डि.सी.मा आयोजना हुने विश्व बैंक समूह र अन्तर्राष्ट्रिय मुद्रा कोषको संयुक्त वार्षिक बैठकमा भाग लिन अमेरिकामा छन्।  अर्थमन्त्री जनार्दन शर्मा पनि यहि कार्यक्रममा भाग लिन अमेरिकामा छन् । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved