सिद्धार्थ बैंकले ल्यायो ४०० रुपैयाँ क्यासब्याक योजना

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 21, 2022 | 01:23:51 PM मा प्रकाशित

laxmi  sunrise bank

सिद्धार्थ बैंकले तिहारको अवसरमा ग्राहक लक्षित ४०० रुपैयाँ क्यासब्याक योजना ल्याएको छ। यस योजना अन्तर्गत ग्राहकहरुले बैंकको डेबिट कार्ड प्रयोग गरी पहिलो पटक रु. ५०० वा सो भन्दा बढि रकमको पिओएस अथवा अनलाइन कारोबार गर्दा रु. ४०० क्यासब्याक पाउन सक्ने बैंकले जनाएको छ।

यस योजनाले नगद भुक्तानी बाट डिजिटल भुक्तानी तर्फ आकर्षित गर्ने विश्वास बैंकले लिएको छ । 

बैंकले देशभर १९३ वटा शाखा (४ एक्स्टेन्सन काउन्टर सहित), ११८ शाखारहित बैंकिङ्ग सेवा, १,७०० भन्दा बढी पिओएस् मेसिन र २०,००० भन्दा बढी क्युआर मर्चेन्टबाट सेवा प्रदान गर्दै आएको छ  । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved