बैंक तथा वित्तीय संस्थालाई राष्ट्र बैंकले दियो ८ बुँदे निर्देशन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 14, 2022 | 04:18:07 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको लागि ८ बुँदे निर्देशन जारी गरेको छ । राष्ट्र आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीतिको पहिलो त्रैमासिक समिक्षाले गरेका ब्यबस्था कार्यन्वयनको लागि ८ बुँदे निर्देशन जारी गरेको हो 

राष्ट्र बैंकले वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुको लागि निर्देशन जारी गरेको हो ।

नयाँ निर्देशन अनुसार २०७९ चैत्र महिनाबाट औसत ब्याजदर अन्तर “क” वर्गका वाणिज्य बैंकहरुको हकमा ४.२ प्रतिशत र “ख” र “ग” वर्गका संस्थाको हकमा ४.८ प्रतिशत भन्दाबढी नहुने व्यवस्था गर्नु पर्नेछ । सो अन्तर २०८० असार महिनाबाट “क” वर्गका वाणिज्य बैंकहरुको हकमा ४.० प्रतिशत र “ख” र “ग” वर्गका संस्थाको हकमा ४.६ प्रतिशत भन्दाबढी नहुने व्यवस्था गर्नु पर्नेछ । 

त्यस्तै कृषि क्षेत्रसँग सम्बन्धित पब्लिक लिमिटेड कम्पनीहरुले जारी गरेको ऋणपत्रमा बैंक तथा वित्तीय संस्थाले गरेको लगानीलाई कृषि क्षेत्रमा लगानी गर्नुपर्ने गरी तोकिएको सीमामा गणना गर्न पाइने छ ।

त्यस्तै तोकिएका क्षेत्रमा प्रवाह गरिने कर्जा गणना गर्दा ६ महिना अघिको जम्मा बक्यौता कर्जा तथा सापटको आधारमा २०८० पुस मसान्तदेखि गणना शुरु गरी त्यसपछिको प्रत्येक त्रयमासमा गणना गर्ने ब्यबस्था गर्न राष्ट्र बैंकले निर्देशन दिएको छ । तोकिएको क्षेत्रमा गर्नु पर्ने कर्जा प्रवाहको समय थप पनि गरिएको छ ।

हेर्नुस् निर्देशन :


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved