हिमालयन बैंकद्धारा वित्तिय साक्षरता कार्यक्रम सम्पन्न

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 15, 2022 | 10:46:09 AM मा प्रकाशित

laxmi  sunrise bank

हिमालयन बैंक लिमिटेडले दुई नगरपालिकामा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ। बैंकल सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त कार्यक्रम आयोजना गरेको थियो। 

बैंकले मादी नगरपालिकामा मंसिर २३ गते शुक्रबार र पाख्रिवास नगरपालिकामा अर्काे दिन शनिबार कार्यक्रम गरेको हो। सो  वित्तिय साक्षरता कार्यक्रम बंैकको विराटनगर स्थित प्रदेश १ कार्यालय, मादी शाखा तथा हिले शाखाले संयुक्त रुपमा आयोजना गरेको थियो ।

बैंकको यस कार्यक्रममा विभिन्न वडाका अध्यक्ष तथा सदस्यहरु, राजनितिक दलका प्रतिनिधिहरु, विद्यालयहरुका शिक्षकहरु, शिक्षा शाखा प्रमुख, व्यवसायिक, विद्यार्थीहरु तथा महिलाहरु गरी   करिब ७० जनाको उत्साहजनक उपस्थिति रहेको बैंकले जनाएको छ।

बैंकका अनुसार सो कार्यक्रमबाट कार्यक्रममा उपस्थित सहभागीहरुलाई बंैक, वित्तिय साक्षरताको महत्व, वित्त व्यवस्थाको लागि व्यक्तिगत तथा परिवारिक बजेट तयार गर्ने, बचत गर्ने बानी सुधार गर्ने, सहुलियत पूर्ण कर्जा र त्यसमा प्राप्त गर्न सकिने अनुदान, हुण्डी र त्यसका नकरात्मक असर, सफा नोट निति र नोटलाई जतन गर्ने तरिका, आदि जस्ता विषयहरुमा विस्तृत ज्ञान दिईएको छ।

बैंकले मादी नगरपालिकामा आयोजना गरेको सो कार्यक्रममा मादी नगरपालिकाका मेयर जिवन कुमार लिंग्थेप प्रमुख अतिथिका रुपमा थिए भने पाख्रिवास नगरपालिकाका मेयर ज्ञान बहादुर गुरुङ्ग प्रमुख अतिथिका रुपमा थिए। यसै गरी बैंकका तर्फबाट प्रदेश १ का प्रदेश प्रमुख अमृत मल्ल लगायत अन्य कर्मचारीहरुको उपस्थिति रहेको थियो ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved