राष्ट्रिय वाणिज्य बैंकले पायो ‘तेस्रो उत्कृष्ट बैंक’ को अवार्ड

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 15, 2022 | 12:56:45 PM मा प्रकाशित

laxmi  sunrise bank

राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले काठमाडौंमा सम्पन्न भएको ‘न्यू बिज बिजनेश कन्क्लेभ एण्ड अवार्डस’  कार्यक्रममा '3rd Best Managed Commercial Bank 2022' अवार्ड प्राप्त गरेको छ । सो अवार्ड बैंकको तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले ग्रहण गरेका हुन् ।

अर्थमन्त्री जनार्दन शर्माले उद्घाटन गरेको  कार्यक्रममा नेपाल राष्ट्र बैंकका पहिलो गभर्नर हिमालयन शम्शेर राणालाई व्यवसायिक क्षेत्रमा पु¥याएको योगदानको कदर गर्दै लाइफ टाइम एचिभमेन्ट इन बिजनेश लिडरशिप अवार्ड प्रदान गरिएको थियो। सन् २०१३ देखि न्यू बिनेश एज प्रालिले व्यवसायिक संस्थाहरुको गरेको विभिन्न व्यवसायिक कार्य प्रगतीको आधारमा अवार्डस् प्रदान गर्दै आइरेको आयोजकले बताएको छ। कार्यक्रममा विभिन्न आठ विधामा अवार्ड प्रदान गरिएको थियो।

बैंकको हाल सातै प्रदेश, ७७ जिल्लामा २६४ वटा शाखा कार्यालय, २६८ वटा एटिएम र ९९ वटा शाखा रहित बैंकिङ्ग सेवा रहेको छ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved