एक महिनामा ५ करोड विदेशी मुद्रा सञ्चिति बढ्यो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 15, 2022 | 03:25:16 PM मा प्रकाशित

laxmi  sunrise bank

कार्तिक महिनाको अन्तिममा आउँदा विदेशी मुद्रा सञ्चिति ९ अर्ब ६३ करोड डलर अर्थात नेपाल रुपैया १२ खर्ब ४६ अर्ब २७ करोड कायम भएको छ। यो सञ्चिति असोज महिनाको मसान्तको तुलनामा ने.रु ५ करोडले  बढी हो।

असोज मसान्तमा यस्तो सञ्चिति ९ अर्ब ४८ करोड डलर अर्थात १२ खर्ब ४६ अर्ब २२ करोड थियो। राष्ट्र बैंकले सार्वजनकि गरेको उक्त तथ्यांकले १ महिनामै ५ करोड रुपैयाँ बढी  आएको देखिन्छ। 

कार्तिक मसान्तमा कायम रहेको विदेशी मुद्रा सञ्चिति चालु आर्थिक वर्षको आयातलाई आधार मान्दा अब ९.७ महिनाको वस्तु आयात र ८.४ महिनाको वस्तु तथा सेवा आयात धान्न सकिने राष्ट्र बैंकले जनाएको छ। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved