भ्रष्ट्राचार आरोपमा सजाय पाएको व्यक्ति बैंकको सीईओ हुन नपाउने, संस्थापकलाई पनि नयाँ नियम

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 15, 2022 | 03:51:03 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको संस्थापक तथा प्रमुख कार्यकारी अधिकृतको योग्यताबारे नयाँ निर्देशन जारी गरेको छ। राष्ट्र बैंकले वाणिज्य बैंक, विकास बैंक, फाइनान्स, लघुवित्त र पूर्वाधार विकास बैंकलाई आज एकिकृत निर्देशन जारी गर्दै बैंक तथा वित्तीय संस्थाको संस्थापक तथा प्रमुख कार्यकारी अधिकृतको योग्यताबारे थप ब्यबस्था गरेको हो।

नयाँ ब्यबस्था अनुसार अब भ्रष्ट्राचार आरोपमा सजाय पाएको व्यक्ति प्रमुख कार्यकारी अधिकृत हुन् पाउने छैन । यस अघि बेइमानी वा जालसाजीको आरोपमा सजाय पाएको व्यक्ति सीइओ हुन नपाउने ब्यबस्था रहकोमा अब भ्रष्ट्राचार आरोपमा सजाय पाएको व्यक्तिपनि प्रमुख कार्यकारी अधिकृत हुन् नपाउने ब्यबस्था गरिएको हो।

त्यस्तै अब प्रहरी प्रतिवेदनमा आपराधिक पृष्ठभूमि (Criminal Record) नदेखिएको व्यक्ति मात्र सीइओ हुन पाउने छ। यदि आपराधिक पृष्ठभूमि देखिएको भए सजाय भुक्तान गरेको ५ वर्ष व्यतीत भई सके पछि मात्र सीइओ हुन् पाउने छ।

त्यस्तै अब प्रहरी प्रतिवेदनमा आपराधिक पृष्ठभूमि (Criminal Record)  देखिएको व्यक्ति सजाय भुक्तान गरी सफाई पाएको ५ वर्ष व्यतीत भएपछि मात्र बैंक तथा वित्तीय संस्थाको शेयरधनी हुन पाउने छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved