सेञ्चुरी बैंकका ग्राहक र कर्मचारीलाई काठमाडौँ क्यान्सर सेन्टरमा छुट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 16, 2022 | 04:59:33 PM मा प्रकाशित

laxmi  sunrise bank

सेञ्चुरी कमर्सियल बैंक र काठमाण्डौं क्यान्सर सेन्टर, चाँगुनारायण बीच कर्मचारी तथा ग्राहकको उपचार सेवा विषयमा सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा काठमाडौँ क्यान्सर सेन्टर, चाँगुनारायणका तर्फबाट अध्यक्ष अन्जनी कुमार झा र बैंकको तर्फबाट वाग्मती प्रदेश प्रमुख दिपेन्द्र बाबु विष्टले हस्ताक्षर गरेका छन्।

बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, मोबाईल बैंकिङ्ग प्रयोगकर्ता, सम्पूर्ण ग्राहकवर्गहरु तथा बैकका कर्मचारीहरुलाई काठमाण्र्डौ क्यान्सर सेन्टर, चागुनारायणमा विभिन्न सेवाहरुमा छुट प्रदान गर्ने गरी सम्झौता भएको हो । 3D CRT सेवा, IMRT  सेवा, VMAT  सेवा लगायत अन्य सेवाहरुमा छुट दिने सम्झौता भएको हो । 


सेञ्चुरी कमर्सियल बैंक लिमिटेडका १४८ शाखा, १० एक्सटेन्सन काउण्टर, २४ शाखारहित बैंकिङ्ग र ११५ वटा एटिएम मार्फत वित्तीय सेवा प्रदान गर्दै आएको छ ।  


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved