
कामना सेवा विकास बैंकले एससीटी–युपीआई डेबिट कार्ड जारी गरेको छ। बैंकले पुस १ गते शुक्रबारबाट औपचारिक रुपमा एससीटी–युपीआई डेबिट कार्ड सञ्चालनमा ल्याएको हो।सर्वसुलभ तथा अत्याधुनिक बैकिङ सेवा प¥याउने उद्देश्यका साथ उक्त डेबिट कार्ड सञ्चालनमा ल्याईएको बैंकले जनाएको छ।
बैंकका नायव महाप्रबन्धक लाल बहादुर थिङ्ग र स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेडका प्रमुख कार्यकारी अधिकृत नारायण प्रकाश भुजुले संयुक्त रुपमा एससीटी–युपीआई डेबिट कार्ड सेवाको अनावरण गरि सेवा शुभारम्भ गरेका हुन्।
कार्यक्रममा बैंकका बैंकका सिईओ बिकाश ढुङ्गाना स्मार्टच्वाइस र बैंक लिमिटेडबीच एससीटी–युपीआई डेबिट कार्ड प्रयोगको क्षेत्रमा सहकार्य भएको बताए। बैंकले आफ्ना ग्राहकहरुलाई भुक्तानी कार्डको आधुनिक, सुरक्षित, गुणस्तरीय तथा भरपर्दो सुविधा प्रदान गर्न सहजता प्राप्त गर्ने छ ।
साथै, एसटीसी सञ्जालको प्रयोगबाट ग्राहकले नेपाल तथा भारतभित्र ATM, PoSK जस्ता सेवा सजिलै लिन सकिने बैंकले जनाएको छ।