४ महिनामा वाणिज्य बैंकको खुद नाफा २५ अर्ब: नबिल शिर्ष स्थानमा, पछ्याउदै एनआईसी र ग्लोबल (सूचीसहित)

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 20, 2022 | 08:37:47 AM मा प्रकाशित

laxmi  sunrise bank

चालु आर्थिक वर्षको ४ महिनाको अवधिमा वाणिज्य बैंकहरुले २५ अर्ब बढी खुद नाफा कमाएका ।छन् । नेपाल राष्ट्र बैंकले प्रकाशन गरेको विवरण अनुसार वाणिज्य बैंकहरुले २०७९ साउन देखि कार्तिकसम्मको ४ महिनाको अवाधिमा २५ अर्ब ३२ करोड खुद नाफा कमाएका हुन् ।

जस मध्ये नबिल बैंकले सर्वाधिक २ अर्ब ३५ करोड खुद नाफा कमाएको छ भने एनआईसी एसिया बैंकले २ अर्ब २२ करोड नाफा कमाएको छ । यस अवधिमा ग्लोबल आईएमई बैंकले १ अर्ब ७५ करोड खुद नाफा कमाएको छ भने नेपाल इन्भेष्टमेन्ट बैंकले १ अर्ब ५२ करोड खुद नाफा कमाएको छ ।

१ अर्ब भन्दा बढी नाफा कमाउने अन्य बैंकमा एनएमबि बैंक, कुमारी बैंक, प्राइम कमर्शियल बैंक, एभरेष्ट बैंक र स्ट्यान्डर्ड चार्टर्ड बैंक रहेका छन् । १३ वटा वाणिज्य बैंकको खुद नाफा भने ५० करोडदेखि १ अर्बको बीचमा रहेको छ । ४ वटा वाणिज्य बैंकको खुद नाफा ५० करोड भन्दा कम रहेको छ । बिओके, सेन्चुरी बैंक, सनराइज बैंक र कृषि विकास बैंकको खुद नाफा ५० करोडभन्दा कम देखिएको छ । 

हेर्नुस् कुन बैंकको खुद नाफा कति ? 


















Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved