सिटिजन्स बैंकका ग्राहकलाई मनकामना डेन्टलमा विशेष छुट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 21, 2022 | 06:56:57 PM मा प्रकाशित

laxmi  sunrise bank

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र इटहरीस्थित मनकामना डेन्टल एण्ड अर्थोडेन्टिक केयर बीच सिटिजन्स बैंकका कार्डबाहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ । सो समझदारीपत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहकहरुले मनकामना डेन्टल एण्ड अर्थोडन्टिक केयरका विभिन्न सेवाहरुमा ४०% सम्मको आकर्षक छुट पाउने बैंकले जनाएको छ ।

यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने साथै नगद कारोबारबाट डिजिटल कारोबार तर्फ उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ । 

बैंकले १८० वटा शाखा, ३ वटा     विस्तारित काउण्टर,  १३३ वटा ए.टि.एम. र ९७ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved