
मुक्तिनाथ विकास बैंक र पर्यटन क्षेत्रकै प्रथम पब्लिक ट्राभल कम्पनीको रुपमा स्थापित गुरु ट्राभल्स लिमिटेडबीच व्यवसायिक सहकार्यसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर सम्पन्न भएको छ ।
सम्झौतामा बैंकका तर्फबाट संस्थाका सह नायब प्रमुख कार्यकारी अधिकृत तिल बहादुर गुरूङ तथा ट्राभल्सका तर्फबाट प्रमुख सञ्चालन अधिकृत अनिल धरेलले हस्ताक्षर गरेका छन्। कार्यक्रममा दुइटै संस्थाका वरिष्ठ कर्मचारीहरुको उपस्थिति रहेको थियो ।
सहमतिबमोजिम गुरु ट्राभल्स लिमिटेडले बैंक तथा यसका कर्मचारीहरूलाई अधिकारिक ट्राभल्स पार्टनरको रूपमा ट्राभल्स सेवामा विशिष्टीकृत सेवाका साथ विभिन्न छुट तथा सुविधाहरु उपलब्ध गराउने छ ।