ग्लोबल आइएमई बैंकको ५२औँ एक्सटेन्सन काउन्टर म्याग्दीको पोखरेबगरमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 22, 2022 | 01:56:24 PM मा प्रकाशित

laxmi  sunrise bank

ग्लोबल आइएमई बैंकले म्याग्दी जिल्लाको अन्नपूर्ण गाँउपालिका वडा नं ६, पोखरेबगरमा बैंकको ५२औं एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । सेवाग्राहीको बढ्दो चाप र बिस्तारित बैंकिङ्ग सेवाको आवश्कतालाई मध्यनजर गर्दै ग्लोबल आइएमई बैंक बेनी शाखाको मातहतमा रहनेगरी यो एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याइएको बैंकले जनाएको छ ।

बैंकका अनुसार यस एक्सटेन्सन काउन्टरबाट निक्षेप सङ्कलन गर्ने, नगद भुक्तानी गर्ने, मोबाइल तथा अनलाइन बैंकिङ्ग सेवा दिने, रेमिट्यान्सको सुविधा प्रदान गर्ने लगायत सबै किसिमका साधारण बैंकिङ्ग सेवाहरु उपलब्ध हुनेछन् । 

 बैंकले २९२ शाखा, २७१ एटिएम, २८३ शाखा रहित बैंकिङ्ग सेवा, ५२ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी ९०० भन्दा बढी सेवा केन्द्रबाट सेवा प्रदान गर्दै आएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved