युरोपबाट नेपालमा सहजै रेमिट्यान्स पठाउन सानिमा बैंक र स्मल वल्डबीच सम्झौता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 22, 2022 | 08:37:20 PM मा प्रकाशित

laxmi  sunrise bank

सानिमा बैंक लिमिटेड र स्मल वर्ड फाइनान्सियल सर्भिसेसबिच युरोप—नेपाल रेमिट्यान्स सेवा सम्झौता भई संचालनमा आएको छ । यस सम्झौताले युरोपका विभिन्न देशहरुबाट नेपालमा सहजै रेमिट्यान्स पठाउन सक्ने बैंकले जनाएको छ । 

बैंकका अनुसार युरोपबाट रेमिट्यान्स पठाउन स्मल वर्डको आधिकारिक वेबसाइट वा एपको प्रयोग गर्नुपर्ने हुन्छ । यस सम्झौता अन्तर्गत सानिमा बैंकको रेमिट्यान्स सेवा मार्फत युरोपबाट पठाएको रकम नेपालभरि १६,००० भन्दा बढि आधिकारिक प्रतिनिधि मार्फत नगदमै भुक्तानी लिन सकिनेछ । साथै, युरोपबाट नेपाल पैसा पठाउँदा नेपालमा भएको सानिमा बैंकको खाता लगायत कुनै पनि बैंकको खातामा २४ सै घण्टा ३६५ दिन रियल टाईममा रकम जम्मा गर्न सकिनेछ । 

सानिमा बैंकको रेमिट्यान्स मार्फत यू.ए.ई, मलेशिया, कतार, यू.के, सिंगापुर, दक्षिण कोरिया, अस्ट्रेलिया, अमेरिका लगायत विश्वभरिबाट रेमिट्यान्स सेवा दिदै आइरहेको छ । सानिमा बैंकको सातै प्रदेशमा गरी जम्मा १३० कार्यालयहरु र १२३ एटिएम् सञ्जालहरु सञ्चालनमा रहेका छन् ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved