लक्ष्मी बैंक र सनराइज बैंकबीच आज दिउँसो ४ बजे मर्जर सम्झौता हुँदै

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 09, 2023 | 12:40:15 PM मा प्रकाशित

laxmi  sunrise bank

लक्ष्मी बैंक र सनराइज बैंकबीच आज सोमबार अपरान्ह मर्जर सम्झौता हुने भएको छ। दुई बैंक बीच आज दिउँसो ४ बजे मर्जर सम्झौतामा हस्ताक्षर गर्ने औपचारिक कार्यक्रम तय भएको हो ।

दुई बैंकबीच डिडिए अनुसार स्वाप रेसियो कायम गर्ने सहमति भएको छ । लक्ष्मी बैंकका एक संचालकले १:१ को स्वापमा सहमति भएको समाचार बाहिर आएपनि त्यसमा सत्यता नरहेको बताए । उनले लक्ष्मी बैंकको सम्पति बढी भएकोले डिडिए गर्दा लक्ष्मी बैंक केहि अगाडी आउने अपेक्षा गरिएको बताए ।  हालसम्मको सहमति अनुसार अध्यक्ष पनि लक्ष्मीले पाउने र सीइओ पनि लक्ष्मीले पाउने उनले बताए ।  

नामका विषयमा छलफल बाँकि नै रहेको उनले उल्लेख गरे। उनका अनुसार लक्ष्मी सनराइज बैंक वा लक्ष्मी बैंक हुन सक्ने छ। थप विषय भने मर्जर कमिटीले टुंगो लगाउने उनले बताए । 

नेपाल राष्ट्र बैंकले यी २ बैंकलाई लामो समयदेखि मर्जमा जान दबाब दिँदै आएको थियो । दुवै बैंकले आर्थिक वर्ष ७८/७९ को मुनाफाबाट लाभांश दिएका थिएनन् ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved