१ अर्ब ९३ करोड रुपैयाँ मुद्दती निक्षेपमा लगानी गर्दै राष्ट्र बैंक

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 27, 2023 | 05:00:38 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकले आफ्नो विभिन्न कोष अन्तर्गत रहेको रकम मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ। राष्ट्र बैंकले १ अर्ब ९३ करोड ५८ लाख रकम विभिन्न बैंक तथा वित्तीय संस्थामा मुद्दती निक्षेपमा राख्न लागेको हो।

राष्ट्र बैंकले क वर्गमा वाणिज्य बैंकमा १ अर्ब ५४ करोड ८६ लाख, ख वर्गका विकास बैंकमा २९ करोड ४ लाख तथा ग वर्गका फाइनान्स कम्पनीमा ९ करोड ६८ लाख लगानी गर्न लागेको हो । राष्ट्र बैंकले आफुले लिन चाहेको रकम र दिन सक्ने ब्याज सहित प्रस्ताव पेश गर्न आग्रह गरेको छ ।

राष्ट्र बैंकले चैत्र १६ गते रातिसम्म आफुले लिन चाहेको रकम र दिने ब्याजदर प्रस्ताव गर्न आग्रह गरेको छ । राष्ट्र बैंकले यो रकम २०८० बैशाख ३ गतेदेखि २०८१ बैशख २ गतेसम्म मुद्दती निक्षेपमा राख्ने उल्लेख गरेको छ ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved