समग्र अर्थतन्त्र चलायमान बनाउन ‘होम लोन’लाई प्राथमिकता दिएका छौ: अध्यक्ष केसी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 30, 2023 | 05:24:27 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसीले समग्र अर्थतन्त्र चलायमान बनाउन ‘होम लोन’ अर्थात आवासीय कर्जालाई प्राथमिकता दिएको बताएका छन् । आज आयोजित अन्तरक्रिया कार्यक्रममा उनले उनले समग्र अर्थतन्त्र चलायमान बनाउन  ‘होम लोन’ मा प्राथमिकता दिएको बताएका हुन् ।

एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत समेत रहेका केसीले व्यक्तिगत आवासिय कर्जा प्रवाह हुँदा छड, सिमेन्ट व्यापारी देखि कामदार(लेवर) लाई समेत प्रत्यक्ष सकरात्मक प्रभाव पार्ने भएकोले आवासीय कर्जा विस्तारलाई प्राथमिकता दिएको बताए। ‘हामीले विशेषगरी व्यक्तिगत आवासीय कर्जा प्रवाहलाई अहिले प्राथमिकता दिएका छौँ। यो सोचविचार गरेरै दिईएको हो।’ उनले भने, ‘आवासीय कर्जा बैंकबाट प्रवाह हुँदासाथ छड, सिमेन्ट, फर्निचर सबैखाले व्यापारी देखि त्यहाँ काम गर्ने एउटा सामान्य व्यक्तिमा उक्त पैसा पर्छ। यसले समग्र अर्थतन्त्रमा सकरात्मक तरंग छाउँछ।’

नेपालको सन्दर्भमा बुझाईको कमजोरीका कारण घरमा गरिने लगानीलाई अनुत्पादिनक भन्ने गरेपनि यसले अन्य संयन्त्रले भन्दा बढी आर्थिक क्रियाकलापलाई चलायमान बनाउने उनले बताए।  

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved