
हिमालयन बैंकले विभिन्न वचत खाताहरु मध्ये नारी वचत खाता र विशेष तलबी खातामा प्रदान गर्दै आएको दुर्घटना मृत्यु बीमाको सीमा रकम रु. ५ लाख बाट बृद्धि गरी रु. १० लाख सम्म पुर्याएको छ ।
बैंकका अनुसार नारी वचत खाता नारीहरुको सम्मान स्वरुप विशेष गरी नारीहरुलाई लक्षित गरिएको योजनाको रुपमा रहेको छ भने विशेष तलबी खाता कुनै पनि संघ संस्थामा आबद्ध व्यक्तिको नाममा तलब जम्मा गर्ने प्रयोजनले खोलिने तलबी खाताको रुपमा रहेको छ ।
रु. १० लाख सम्मको दुर्घटना मृत्यु बीमा बाहेक पनि नारी वचत खातामा लकर धरौटीमा ५० प्रतिशत छुट र विभिन्न बंैकिङ्ग सेवाहरुमा २५ प्रतिशतसम्म छुट दिने बैंकले जनाएको छ ।