१९ प्रतिशतले बढ्यो रिलायबल नेपाल लाइफको खुद नाफा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 07, 2024 | 10:17:46 AM मा प्रकाशित

laxmi  sunrise bank

 रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको खुद नाफा १९.१३ प्रतिशतले वृद्धि भएको छ । मंगलबार प्रकाशित चालू आर्थिक वर्ष(आव) २०८०। ०८१ को अपरिस्कृत तेस्रो त्रैमासिक वित्तीय विवरण अनुसार कम्पनीको नाफामा वृद्धि देखिएको हो । 

चालू आवको तेस्रो त्रैमाससम्ममा कम्पनीले ३४ करोड २ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आवको सोहि अवधिमा कम्पनीले २८ करोड ५७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । ४ अर्ब ६४ करोड रुपैयाँ चुक्तापूँजी रहेको उक्त कम्पनीले सो अवधिसम्ममा ३ अर्ब रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ । 

कम्पनीको प्रतिशेयर आम्दानी ९.७८ रुपैयाँ, पीई रेशियो ४४.४४ र नेटवर्थ प्रतिशेयर १५५.७५ रुपैयाँ छ ।कम्पनीले दिर्घकालिन रुपमा १४ अर्ब ४२ करोड रुपैयाँ लगानी गरेको छ भने अल्पकालिन रुपमा १ अर्ब ६० करोड रुपैयाँ लगानी गरेको छ ।

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved