लक्ष्मी केयर्सद्वारा अरेन्ज भाइब्स कार्यक्रम आयोजना

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 10, 2023 | 02:49:20 PM मा प्रकाशित

laxmi  sunrise bank

लक्ष्मी बैंकका कर्मचारीहरुद्वारा स्थापित गैर नाफमूलक संस्था लक्ष्मी केयर्सले अरेन्ज भाइब्स नामक सांगितिक कार्यक्रम आयोजना गरेको छ । 

गोकर्ण फरेस्ट रिसोर्टमा आयोजित उक्त कार्यक्रममा दिपक बज्राचार्य र रिद्म ब्याण्डको सांगितिक प्रस्तुतिका साथसाथै नेपालका विभिन्न स्थान तथा संस्कृतिको प्रतिनिधित्व गर्ने मौलिक परिकार प्रस्तुत गरिएको बैंकले जनाएको छ। बैंकका अनुसार कार्यक्रमको विशेष अतिथिस्वरुप प्रख्यात सेफ सन्तोष साहको समेत उपस्थिति रहेको थियो । कार्यक्रममा विभिन्न पेशा तथा व्यवसायमा संलग्न करिब लक्ष्मी केयर्सका १,२०० भन्दा बढी हितैषिको उपस्थिति रहेको थियो । 

कार्यक्रमबाट संकलित रकम लक्ष्मी केयर्सको वातावरण संरक्षण तथा नविकरणीय उर्जा प्रवद्र्धन लगायतका विविध सामाजिक कार्यमा उपयोग हुने बैंकले जनाएको छ । यसअघि लक्ष्मी केयर्सले बागमती पुल, पाटन दरबार स्क्वायर, भद्रकाली–सिंहदरबार सडक, बाराको गढिमाइ मन्दिर र बनेपाको चण्डेश्वरी मन्दिर परिसरमा सौर्य बत्ती जडान गर्नुका साथै देशभर विभिन्न स्थानमा वृक्षरोपण गरेको थियो । 


Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved