यस्तो छ नेपालको वर्तमान आर्थिक तथा वित्तीय स्थितिको प्रमुख झलक

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 11, 2023 | 03:03:51 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकले नेपालको वर्तमान आर्थिक अवस्थाको प्रतिवेदन सार्वजनिक गरेको छ  । राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागले आर्थिक वर्ष २०७९/८० को आठ महिनाको तथ्याङ्कमा आधारित ' देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति' को प्रतिवेदन सर्वजनिक गरेको हो।

प्रतिवेदन अनुसार आर्थिक वर्ष २०७९/८० को आठ महिनाको देशको आर्थिक तथा वित्तीय स्थितिको प्रमुख झलक निम्न अनुसार छ ।

१. वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति ७.४४ प्रतिशत रहेकोछ ।

२.  आयात १९.१ प्रतिशतले, निर्यात २९.१ प्रतिशतलेर कुल वस्तु व्यापार घाटा १७.९ प्रतिशतले घटेकोछ ।

३. विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा २५.३ प्रतिशतले र अमेरिकी डलरमा १४.८ प्रतिशतले बढेको छ ।

४. शोधनान्तर स्थिति रु.१४८ अर्ब ११ करोडलेबचतमा रहेको छ ।

५. कुल विदेशी विनिमय सञ्चिति रु.१४०१ अर्ब २१ करोड र अमेरिकी डलरमा १० अर्ब ६९ करोड रहेको छ ।

६.  संघीय सरकारको खर्च रु.७७९ अर्ब २३ करोड र राजस्व परिचालन रु.५८२ अर्ब ७७ करोड रहेकोछ ।

७. विस्तृत मुद्राप्रदाय ५.३ प्रतिशतले बढेको छ । वार्षिक बिन्दुगत आधारमा यस्तो मुद्राप्रदाय ९.१ प्रतिशतले बढेको छ ।

८. बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन ५.५ प्रतिशतले बढेकोछ र निजी क्षेत्रमा प्रवाहित कर्जा ४.६ प्रतिशतले बढेकोछ । वार्षिक बिन्दुगत आधारमा निक्षेपको वृद्धिदर १०.५ प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जाको वृद्धिदर ३.१ प्रतिशत रहेकोछ ।

यहाँ क्लिक गरेर प्रतिवेदनको पूर्ण पाठ हेर्न सकिन्छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved