उत्पादनमूलक क्षेत्रमा जाने कर्जाको ब्याजदर २ प्रतिशतले घटाउन सिबिफिनको माग

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 11, 2023 | 06:56:39 PM मा प्रकाशित

laxmi  sunrise bank

बैंक सञ्चालकहरूको संस्था बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) ले उत्पादनमूलक तथा रोजगारमूलक उद्योगमा प्रवाह हुने कर्जाको ब्याजदर अन्य क्षेत्रको तुलनामा २ प्रतिशतले कम हुनुपर्ने माग गरेको छ । आज पत्रकार सम्मेलन गरेर सिबिफिनले उर्जा, निर्माण क्षेत्र, पर्यटन र कृषि क्षेत्रमा कर्जाको ब्याजदर अन्य क्षेत्रको तुलनामा २ प्रतिशतले कम हुनुपर्ने माग गरेको हो । 

सिबिफिनका अध्यक्ष पवन कुमार गोल्यानले ५ करोडसम्मको कर्जामा चालु पुँजी कर्जा मार्गदर्शनको नियम लागु नहुने व्यवस्था गर्न पनि राष्ट्र बैंक समक्ष माग गरेका छन् । 

सिबिफिनले स्थानीय तहको खातामा रहने शत् प्रतिशत रकमलाई नै निक्षेपको रुपमा गणना गर्ने व्यवस्थाको निरन्तरताका लागि पनि माग गरेको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved