ब्याजदर घटाउने बैंकर्स संघको निर्णय , सबै निक्षेपको ब्याज एकल अंकमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 12, 2023 | 11:28:47 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल बैंकर्स संघले निक्षेपको ब्याजदर घटाउने निर्णय गरेको छ । संघको आज बसेको बैठकले मुद्दती निक्षेपको ब्याजदर १.०१ प्रतिशतले घटाएर ९.९९ प्रतिशत कायम गर्ने निर्णय गरेको बैंकर्स संघका अध्यक्ष सुनिल केसीले बिजपाटीलाई जानकारी दिए। 

संस्थागत मुद्दती निक्षेपको ब्याजदर ७.९९ प्रतिशत कायम भएको छ । त्यस्तै संघले साधारण बचतमा न्युनतम ५.४ प्रतिशत र अधिकतम ७.४ प्रतिशत ब्याज कायम गर्ने निर्णय गरेको छ  । 

ब्याज घटाउने संघको निर्णयसँगै निक्षेपको ब्याजदर एकल अंकमा आएको छ । नयाँ ब्याजदर बैशाख १ बाट लागु हुने छ ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved