प्रभु बैंकका ग्राहकलाई दराजमा छुट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 12, 2023 | 05:23:41 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रभु बैंकले आफ्ना भिजा कार्डबाहक ग्राहकहरूलाई नव बर्ष २०८० को छुट उपलब्ध गराउनको लागि दराज नेपालसँग  सम्झौता गरेको छ। यस सम्झौतामा बैंकका तर्फबाट प्रमुख संचालन अधिकृत रश्मी पन्त र दराज नेपालका तर्फबाट भुक्तानी प्रबन्धक जोनाम भुर्तेलले हस्ताक्षर गरेका छन्। 

बैंकका अनुसार यस योजना मिति २०७९/१२/२८ बाट लागु हुनेछ। यो सम्झौता अनुसार ग्राहकले अप्रिल ११ देखी १४ सम्म डेबिट कार्ड मार्फत प्रीपेमेन्टमा ८% वा अधिकतम रु ७५०/- बराबरको छुट पाउने बैंकले जनाएको छ । क्रेडिट कार्ड मार्फत १०% वा अधिकतम रु १००० /- सम्मको छुट प्राप्त गर्न सक्ने बैंकले उल्लेख गरेको छ।

बैंकका अनुसार ग्राहकहरुले २०२३ अप्रिल १५ देखी २० सम्म २०% वा अधिकतम रु २००/- सम्मको छुट पाउन सक्नेछन् । उक्त अफर र छुट पाउनको लागि दराज प्रयोगकर्ताहरुले आफ्नो बैंक कार्ड सकृय गर्नु पर्दछ ।

दराजद्वारा सूचिकृत गरीएको स्वास्थ्य, सौन्दर्य र पहिरनका सामानहरुको खरिदमा ग्राहकहरुले २०% वा अधिकतम रु २००/- सम्मको छुट पाउन सक्ने बैंकले जनाएको छ। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved